रोहिंग्याका सम्बन्धमा हेगको रुलिङ म्यानमारद्वारा अस्वीकार

लसुनेटार शिविरमा रहेका रोहिंग्या शरणार्थी, बिहानको खानापछि प्रार्थना गर्दै। तस्बिर : बर्षा शाह/देश सञ्चार

म्यानमारले रोहिंग्याका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सर्वोच्च न्यायीक निकाय इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) ले गरेको रुलिङ अवज्ञा गरेको छ ।

रोहिंग्या मुसलमानको संरक्षण र सुरक्षाका सम्बन्धमा आइसिजेले गरेको रुलिङको जवाफ दिँदै म्यानमारले त्यसको अवज्ञा गरेको हो ।

म्यानमारको विदेश मामिला मन्त्रालयले दिएको जवाफमा आइसिजेले दिएको रुलिङमा वास्तिकतालाई बंग्याएर प्रस्तुत गरिएको आरोप लगाइएको छ ।

बुद्धिस्ट बाहुल्य म्यानमारमा सन् २०१७ मा भएको हिंसामा हजारौँ अल्पसंख्यक रोहिंग्या मारिएका थिए । यस्तै सात लाख भन्दा बढी रोहिंग्याहरु छिमेकी बंगलादेशमा आश्रय लिएर बसेका छन् ।

रोहिंग्यामाथि भएको हिंसालाई लिएर आइसिजेमा म्यानमारविरुद्ध आमहत्याको अभियोग दर्ता भएको थियो । त्यसमा सुनुवाई गर्दै आइसिजेले रोहिंग्याहरुको सुरक्षाका लागि पर्याप्त उपाय अपनाउन रुलिङ गरेको थियो । आइसिजेको रुलिङ बाध्यकारी भने होइन ।

अफ्रिकी देश गाम्बियाले आइसिजेमा म्यानमारविरुद्ध आमहत्याको अभियोगमा मुद्दा दायर गरेको थियो ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्