रजनीकान्तको एक भाषणले तमिलनाडुमा ‘भूइँचालो’, के भनेका थिए?

रजनीकान्त

हालै अभिनेता रजनीकान्तले द्रविड विचार इवी रामस्वामी पेरियारका सम्बन्धमा दिएको एक बयानले तमिलनाडुको राजनीतिमा भूइँचालाे गएको छ । तमिलनाडुमा आगामी वर्ष विधानसभाको चुनाव हुनेवाला छ र २०१७ मा रजनीकान्तले भनेको थिए कि उनी २०२१ मा चुनाव लड्नका लागि आफ्नो पार्टी लन्च गर्ने छन् ।

रजनीकान्तले जनवरी १४ मा एक तमिल पत्रिका तुगलकको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा बाेलेका थिए । यो कार्यक्रममा उप–राष्ट्रपति वेंकैया नायडू, आरएसएस विचारक एक गुरुमूर्ति र तुगलुक पत्रिकाका सम्पादक चो रामस्वामी उपस्थित थिए ।

के भनेका थिए रजनीकान्तले?

आफ्नो भाषणमा रजनीकान्तले भनेका थिए, ‘तमिलनाडुको सेलममा एक र्‍यालीका क्रममा पेरियारले श्री रामचन्द्र र सीताको निर्वस्त्र मुर्तिमा जुत्ताको माला लगाएका थिए । कसैले यो खबर प्रकाशन गरेका थिए तर चो रामस्वामी (तुगलक पत्रिकाका संस्थापक तथा पूर्व सम्पादक) ले यसको कडा आलोचना गरेका थिए र पत्रिकाको कभर पेजमा यसलाई प्रकाशित गरेका थिए ।’

चो रामस्वामी

‘यसमा डीएमकेको नाम बदनाम भएको थियो । यसकारण उनले पत्रिकालाई जफत गरेका थिए । तर तुगलुकमा त्यो संस्करण फेरि छापिएको थियो । यो पत्रिका ब्ल्याकमा पनि बिक्री भएको थियो । पत्रिकाको नयाँ संस्करणमा चो रामस्वामीले कभर पेजमा लेखेका थिए, ‘यस ढंगले करुणानिधीले तुगलुकलाई लोकप्रिय बनाए, यसका साथ चो पूरा देशमा प्रशिद्ध भएका थिए ।’

रामस्वामी पेरियार

रजनीकान्तको यो भाषण भाइरल भएपछि उनको विरोध सुरु भयो । द्रविड कडगम र अन्य पेरियारवादी संगठनले यो बयानको विरोध गर्दै रजनीकान्तकाविरुद्ध प्रदर्शन समेत गरेका थिए । एक संगठन तंताई द्रविड कडगमले रजनीकान्तमाथि धार्मिक भावना भड्काएको आरोप लगाउँदै उनीविरुद्ध उजुरी दर्ता गरेका थिए। थुप्रै राजनेतालेले उनलाई माफी माग्न दबाब दिएका थिए ।

‘म आफै र्‍यालीको हिस्सेदार थिए’

त्यो र्‍यालीमा सहभागी द्रविड कडगमका महासचिव कानी पूंगुंद्रनले भने, ‘रजनीकान्त त्यो घटनाको तथ्यलाई बदल्ने प्रयासमा लागेका छन् । २४ जनवरी, १९७१ को त्यो र्‍याली अन्धविश्वासका विरुद्ध थियो । त्यो बेलाका चर्चित भारतीय आविष्कारक जीडी नायडूले उक्त कार्यक्रको उदघाटन गरेका थिए ।’

‘र्‍यालीका क्रममा पेरियार एक ट्रकमा सवार थिए । त्यस क्रममा जनसंघका सदस्यहरुलाई र्‍यालीमा कालोझण्डा देखाउने अनुमति मिलेको थियो । जब पेरियारको डागी गुडिरहेको थियो जनसंघका एक सदस्यले उनीमाथि चप्पल फाले तर उनलाई लागेन । यो चप्पल पछाडिबाट पेरियारको गाडीमा लागेको थियो । यसमा द्रविड कडगमका कार्यकर्ताहरु रिसाए र उनीहरुले ट्रकमा टाँसिएको भगवान रामको तस्बिरमा प्रहार गर्न थाले । ’

त्यो बेला डीएमकेको सरकारले दक्षिणपन्थी संस्थानलाई पेरियार र उनको र्‍यालीका विरद्ध विरोध प्रदर्शनको अनुमति दिएको थियो ।

कसले के भने?

तमिल पेरावईका संस्थापक सुबा वीरापंडी ने भने, १९७१ मा चो रामस्वामीद्वारा फैलाइएको प्रचारमा केही मानिसहरु फसेका थिए । त्यसबेला डीएमकेकाविरद्ध विरोध प्रदर्शन भएको थियो । मानिसहरुले पेरियारका पुत्ला जलाएका थिए र उनको तस्बिर पनि जलाएका थिए । त्यसपछि पेरियारले ‘शान्त रहौँ’ शीर्षकको निबन्ध लेखेका थिए ।’

यसमा उनले लेखेका थिए यो विरोध प्रदर्शन न त रामको पक्षमा हो न त विरोधमा । यो मात्र यसकारण भइरहेको छ कि डीएमकेले आउने विधानसभा चुनावमा जित हासिल नगरोस् । यदि उनीहरुले मलाई जलाइदिने छन् भने पनि चिन्ता नगर्नुहोस् ।’

विदुथलाई चुरुथइगल कात्ची पार्टीका सांसद थोल तिरुमावलावन भन्छन्, ‘पेरियारका सम्बन्धमा गरेको टिप्पणीका लागि रजनीकान्तले माफी माग्नुपर्छ । तमिलनाडुका मत्स्य पालन मन्त्री जयकुमारले भने, ‘रजनीकान्त मानिसहरुलाई एक काल्पनिक घटना सुनाएर भड्काउने प्रयास गरिरहेका छन् ।

‘म माफी माग्दैन’

तर  रजनीकान्तले भने आफ्नो बयानबाट पछि नहट्ने र माफी नमाग्ने बताएका छन् । मंगलबार द्रविड कडगमले चेन्नईमा रजनीकान्तको घर नजिकै उनका विरुद्ध विरोध प्रदर्शनको योजना बनाएका थिए ।  विरोध सुरु हुनुभन्दा पहिले रजनीकान्तले पत्रकारलाई बोलाएर पेरियारमाथि आफ्नो टिप्पणीका लागि माफी नमाग्ने बताए ।

उनले भने, ‘केही मानिहरु भनिरहेका छन् कि मैले जुन घटनाका बारेमा कुरा गरेको थिए त्यो भएकै छैन । मसँग आउटलुक छ । द हिन्द ग्रुपको पत्रिका छ । २०१७ मा आउटलुकको एक लेखमा यसबारे लेखिएको छ । त्यसमा भनिएको छ कि राम र सीतालाई चप्पलले पिटियो र जुत्ता चप्पलको माला लगाइयो ।’

‘मैले त्यस्तो केही भनेको छैन जो भएकै छैन । यो कुनै काल्पनिक कुरा होइन । म त्यो कुरा गरिहेको छु जसबारे पहिले पनि बोलिएको छ र मिडियामा प्रकाशन भएको छ । म विनम्रतापूर्वक भन्न चाहन्छु कि आफ्नो टिप्पणीका लागि माफी माग्ने छैन ।’

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू