रोकिएको कर्णाली करिडोरको काम सुरु

सिमकोट – स्थानीयको विरोधका कारण रोकिएको कर्णाली करिडोर अन्र्तगत सलीसल्ला सर्केगार्ड क्षेत्रको काम दुई महिनापछि सुचारु भएको छ ।

राष्ट्रिय गौरवको आयोजना भित्र पर्ने कर्णाली करिडोरका बारेमा स्थानीयहरुसँग लामो छलफल र महत्वका बारेमा आयोजना र स्थानीय सुरक्षाकर्मीको पहलपछि जग्गा धनीहरु सडक निर्माण गर्न सहमत भएका सडक निर्माणको जिम्मा पाएको सपना धुलीखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले बताए ।

हिल्सा सिमकोट सडक आयोजनाका १३ वटा योजना मध्य रोकिएको एउटा योजनाको काम सुरु भएको आयोजनाका योजना प्रमुख इन्जिनीयर शशांक मिश्रले बताए ।

जनताले अवरोध नगर्ने सहमति गरेपछि अब निर्माण कार्यले गति लिने विस्वास उनले व्यक्त गरे । सो क्षेत्रमा २३ किलो मिटर सडक निर्माण गर्नु पर्नेछ ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्