मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति

काठमाडौँ – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । मिलनलाई मनाङ्गेले सार्वजनिक मञ्चमै झापड हानेका थिए ।

यता सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि कास्की प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीका अनुसार बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू