मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच सम्झौता भएको छ। सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिने भएको हो।

मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ।

साथै, प्रविधिमा आधारित मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्