निजीकरण सबै समस्याको समाधान हाेइन: अर्थमन्त्री खतिवडा

निजीकरण सबै समस्याको समाधान हाेइन: अर्थमन्त्री खतिवडा

काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा मुलुकमा उच्च आर्थिक वृद्धि गर्ने र अहिलेको भन्दा धेरै कर्जा प्रवाह गर्ने प्रतिवद्धताबाट सरकार पछि नहटेको बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बढ्दो कर्जाले आर्थिक क्रियाकलाप वृद्धि हुने र त्यसको आधारबाट थप कर्जा प्रवाह गर्ने अवस्था सिर्जना हुने बताएका हुन्।

उनले बैंकहरुले अनलाइनको अभ्यास गरिरहेको सन्दर्भमा यसलाई जोखिमरहित बनाउन चुनौति थपिएको बताए।

साथै उनले नेपालका सबै बैंक निजिकरण गर्नुपर्छ भन्ने भ्रम चलाइएकाे र निजिकरण गरेपछि सबै समस्याको समाधान हुन्छ भन्ने सोच सबैका हाबी भएको बताए।

सरकारले आफ्ना कार्यक्रम बैंकिङ प्रणालीबाट अघि बढाउनु पर्ने र सरकारका एजेण्डा जनतासामु लैजान वित्तिय संस्था चाहिने उनको भनाइ छ।

राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा चिनिएको छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्