‘जति बढी विद्युत् खपत गर्यो, उति शुल्क कम’

काठमाडौँ – मुलुकमा उर्जा उत्पादन बढेको अवस्थामा खपत बढाउनुपर्ने भएकाले सरकारले उपभोगका आधारमा विद्युत महशुल निर्धारण गर्ने भएको छ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जति बढी विद्युत् उपयोग ग¥यो त्यति नै प्रतियुनिट बिजुली सस्तो हुने गरी प्रस्ताव तयार गरेको हो। शुक्रबार भएको एक कार्यक्रममा उर्जा, जालश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले केही दिनअघि आफ्नो अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले नयाँ विद्युत महसुल दर निर्धारणका लागि सिफारिस गरेको जानकारी दिए।

प्रतिमहिना १० युनिटसम्म, ११ देखि २० युनिट, २१ देखि ३० युनिट, ३१ देखि ५० युनिट, ५१ देखि १ सय युनिट, १ सय १ देखि १ सय ५० युनिट, १ सय ५० देखि २ सय युनिट र २ सयदेखि ४ सय युनिटसम्म विद्युत प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरी त्यसैअनुसार शुल्क प्रस्ताव गरिएको छ।

विगतमा माग बढी र उत्पादन कम भएकाले बढी प्रयोग गर्दा बढी नै मूल्य रहेको चर्चा गर्दै मन्त्री पुनले पछिल्लो दुई वर्षमा उत्पादन बढेर विद्युत्मा आत्मनिर्भर हुने अवस्था आएकाले खपत बढाउन जति बढी प्रयोग ग¥यो त्यति नै कम शुल्क निर्धारण हुने गरी नीति ल्याउन लागिएको बताए।

‘मागको तुलनामा सप्लाई बढी भएकाले विगतमा लोड म्यानेज गर्न सजिलो हुन्छ भनेर कम प्रयोग गर्नतिर प्रेरित गरिएको थियो’, मन्त्री पुनले भने, ‘यो सरकार आउनुभन्दा पहिला ९ सय मेगावाट विद्युत् थियो। अहिले ४ सय मेगावाट बढेर १३ सय पुगेको छ, त्यसैले अधिकतम खपत बढाउनेतिर हाम्रो जोड छ।’

मन्त्री पुनले यसै आर्थिक वर्षभित्रमा करिब एक हजार मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने उल्लेख गरे।

नेपालमा १० युनिटसम्म प्रयोग गर्ने ग्राहक ७ लाख र ११ देखि २० युनिटभन्दा प्रयोग गर्नेको संख्या १७ लाख छ। मन्त्री पुनले ग्यास प्रतिस्थापनका लागि विद्युतीय चुल्हो प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिमा सरकार रहेको पनि जानकारी दिए।

‘गाउँघरमा चार/पाँच जनाको परिवार र काठमाण्डुमा डेरामा बस्नेले बिजुली बाल्दा र विद्युतीय चुल्होमा खाना पकाउँदा ५० युनिटभित्रैले पुग्दो रहेछ’, उनले भने, ‘यो ग्यास भन्दा धेरै सस्तो पर्न आउँछ ।’

सरकारले विद्युतीय चुल्हो प्रयोग अभियानकै रुपमा अघि बढाउने भएको छ। चालु आर्थिक वर्षमा नवीकरणीय उर्जा प्रवद्र्धन केन्द्रमार्फत १० हजार विद्युतीय चुल्होलाई अनुदान दिइएको र आगामी वर्ष त्यसलाई बढाएर एक लाख पु¥याउने मन्त्री पुनले जानकारी दिए।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्