ज्यालादारी कर्मचारी २५ हजार घुससहित पक्राउ

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणमा काम गर्ने ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी घुससहित पक्राउ परेका छन्।

प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा कार्यरत चौधरीले बिजुलीको पोल राखिदिए बापत २५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

चौधरीले पुरुषोत्तम दाहालसँग घुस बापत २५ हजार लिँदै गर्दा फक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै आयोगले मालपोत कार्यालय, महेन्द्रनगर कन्चनपुरकी खरिदार ललिता रोकायालाई एक लाख पचास हजार घुसररिसवत लिएको अवस्थामा पक्राउ गरेको छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्