युनाईटेड ईन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौँ— युनाईटेड ईन्स्योरेन्स कम्पनी लिमिटेड, संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

बीमाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम उनले बिहीबार अध्यक्ष श्रेष्ठ लेबीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका हुन्।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको समेत जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन्।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको बताएका छन्।

साथै अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयर धनी, एवं शुभेच्छक बाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्