बहुदरमाई नगरपालिकामा विद्यार्थी र प्रहरीबीच झडप, चारजना विद्यार्थी घाइते

पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबार विद्यार्थी र प्रहरी बीच झडप हुँदा चारजना विद्यार्थी घाइते भएका छन्।

शिक्षक , शिक्षिका अनुपस्थित रहदा कापि चेकजाच गर्न पनि कठिनाइ भएकोले आक्रोशित विद्यार्थीहरुले शुक्रबार नगरपालिकाको कार्यालयमा पुगेका थिए।

सोही क्रममा विद्यार्थीहरु ले तोडफोड गर्न थाले पछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको थियो।

सो क्रममा विद्यार्थीहरु कक्षा ९ का सन्जय कुमार तुरहा , अजय साह तुरहा, कक्षा ७ कि सुनिता कुमारी पटेल र शेषनागप्रसाद यादवलगायत घाइते भएका हुन।

उनीहरु सबै नगरपालिकाको वडा न।३ श्री महाबिर साह मा.बि.नगरदाहामा अध्ययनरत विद्यार्थी हुन।तलब भत्ता नपाएको विरोधमा शिक्षक , शिक्षिका अनुपस्थित रहदा कापि चेकजाच गर्न पनि कठिनाइ भएको ले बिद्यार्थी हरु आक्रोशित भएका थिए।

उनी हरुले नगरपालिकामा रहेको कार्यालयका मोटरसाईकलमा आगो लगाएको थिए।सोही क्रममा प्रहरीले लाठि चार्ज गर्दा विद्यार्थी घाईते भएका थिए । घाइते विद्यार्थीहरुको नारायणी अस्पतालमा उपचार भइ रहेको छ।

घाइते विद्यार्थीहरुको टाउको र खुट्टामा चोट लागेको नारायणी अस्पताल ईमर्जेन्सीका डाक्टर सुशील कुमार साहले जानकारी दिए।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्