काठमाडौँ – देशका केही स्थानमा आंशिक बदली भए पनि देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । तर स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ ।

हाल पश्चिम तराई लगायत पूर्व र मध्य तराईका केही स्थानहरुमा हुस्सु–कुहिरो लागेको मौसमविदले बताएका छन् ।

पूर्वी तथा पश्चिम पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति पश्चिम पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको सामान्यतया सफा रहनेछ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्