टेलिभिजन कलाकार सेजल शर्माद्वारा आत्महत्या, यस्तो छ कारण

भारतीय टेलिभिजन कलाकार सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनको घरबाट सुसाइड नोट फेला परेको छ ।

सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा अन्तिम पटक अभिनय गरेकी थिइन् । प्रहरी निरीक्षक सन्दीप कदमका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ ।

याे घटना शुक्रवार बिहानको हो र सेजल डिप्रेशनमा रहेको बताइएको छ। सेजल शर्मा मुम्बइको मीरा रोडको शिवार गार्डन परिसर स्थित रोयल नेस्ट सोसाइटीमा साथीहरुसँग बस्ने गरेकी थिइन् ।

‘दिल तो हैप्पी है जी’ सेजल शर्माको पहिलो टेलिश्रृंखला थियो र उनी यसप्रति निकै उत्साहित रहेको उनका सहकर्मीहरुले बताएका छन् ।

यसभन्दा पहिले सेजल शर्माले विभिन्न ब्राण्डको विज्ञापनमा काम गरेकी थिइन् । उनी आमिर खान तथा रोहित शर्मा र हार्दिक पाण्ड्यासँग पनि विज्ञापनमा साथ देखिएकी छन् ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्