‘ए’ डिभिजन लिगमा संकटा विजयी, आर्मी र एनआरटीले अंक बाँडे

त्रिभुुवन आर्मी क्लब र एनआरटीबीच भएको खेलमा बललाई अगाडि बढाउँदै आर्मी क्लबका खेलाडी/तस्बिर: रासस।

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं चरणका खेलहरु सकिएका छन्। लिग अन्तर्गत शनिबार दुई खेल भएका थिए। दशरग रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले न्यूरोड टीम एनआरटीसँग बराबरी खेलेको छ।

शीर्ष स्थानको मनाङले बराबरीसँगै तीन अंकले लिग लिड गर्ने अवसर गुमायो। खेल गोलरहित बराबरीमा टुंगिएको हो।

एनआरटी १० खेलाडीमा सिमित रहेपनि आर्मीले गोल गर्न सकेन। खेलको १६ औं मिनेटमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले डिबक्सको बाहिरबाट प्रहार गरे पनि एनआरटीका गोल किपरले बचाउ गरेका थिए।

आर्मीका सन्तोष तामाङले फ्रिकिकमार्फत गोलको प्रयास गरेका थिए। तर सफल भएनन्। एनआरटीले पनि गोलका लागि पाएको अवसर सदुपयोग गर्न सकेन। खेलको इन्जुरी समयमा जुनियर निकनगुएले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सिमित रहेको थियो।

खेलमा एनआरटीका अजित प्रजापति म्यान अफ दि म्याच भएका छन्। आजको बराबरीसँगै आर्मीले १७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेकाे मछिन्द्र क्लबको १६ अंक छ। एनआरटी १२ अंकसहित पाँचौ स्थानमा रहेको छ।

आजै भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामै भएको खेलमा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले खेलको ६४ औं मिनेटमा गोल गरे।

उनले सुवास गुरुको कर्नरमा हेड गोल गरेका थिए। खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए।

जितसँगै संकटा १२ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। फ्रेन्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्