राजपा नै नेकपाको सच्चा मित्र-यादव

पर्सा- नव निर्वाचित राष्ट्रिय सभाका सदस्य मृगेन्द्र सिंह यादवले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नै नेपाल कम्युनिष्ट पार्टी नेकपाको सच्चा मित्र भएको बताएका छन्।

बिरगञ्जमा आईतबार नेकपा पर्साले आयोजना गरेको राष्ट्रिय सभा सदस्यहरुको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै यादवले राजपा नेकपाको सानो भाई भएकोले राजपाले उठाएको जायज माँगहरु प्रति नेकपालाई साकारात्मक भइदिन आग्रह गरेका थिए।

‘नेकपाको सच्चा मित्र राजपा नै हो सच्चा मित्र सच्चा नै हुन्छ,यादवले भने,सानो भाइ सम्झेर हामीले उठाएका जायज माँगहरु प्रति नेकपा साकारात्मक भई दिनुपर्छ।’राष्ट्रिय जनता पार्टी नेपालका बरिष्ठ उपाध्यक्ष समेत रहेका यादवले देशको अभिभावकको रुपमा सता चलाई रहेको नेकपाले मधेसको जायज माँगहरु पुरा गर्न पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए।

उनले नेपालको संविधान अहिले पनि सर्ब स्विकार्य हुन नसकेकोले नेकपाले आवशयक पहल गरेर सँबिधानलाई सर्ब स्विकार्य बनाउनु पर्ने सुझाव समेत दिएका थिए।संघीय सरकार लगायत देशको ६ वटा प्रदेशमा नेकपाको सरकार रहेको जिकिर गर्दै यादवले रजपासित नेकपाले गरेको सहकार्य अगामी दिनमा पनि अगाडि बढने बिशवास ब्यक्त गरे।

‘निशचित रुपमा हामीहरु पनि चाहन्छौ यो सहकार्य अगाडि बढोस,यादवले भने मिलेर अगाडि बढेको सहकार्य धेरै टाढा सम्म जाओस ।’यादवले नाम नलिई समाजबादी पार्टी तर्फ इंगत गर्दै यस भन्दा अघि नेकपाले मित्रता गरेको दल ठीक नरहेको बताएका थिए।

सरकारमा गएको दलले सरकारकै बिरोध गरेको बताउदै उनले यसअघि नेकपाले मित्रता गरेको दल देश र मधेस दुबैप्रति ठीक नभएको जिकिर समेत गरेका थिए।‘यसअघि नेकपाले मित्रता गरेको दल कहिले पनि सच्चा भएन,यादवले भने,त्यो दल सरकारमा पनि गएको थियो अनि सरकारको बिरोध पनि गर्दथ्यो त्यसैले त्यो दल न देश न मधेसप्रति सच्चा थियो।

’बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्की नव निर्बाचित राष्ट्रिय सभा सदस्य तुलसा दाहालले राजपालाई पनि सँघीय सरकारमा सहभागी गराएर नेकपाले प्रदेश नम्बर २ को बिकाशमा अगाडि बढन चाहेको बताएकी थिइन्।

आफूहरुलाई जिताउने सम्पुर्ण प्रदेश साँसद तथा जनप्रतिनिधीहरुलाई धन्यबाद दिदै दाहालले आउने दिनमा देशको बिकाशमा लाग्ने कुरामा जोड दिइन्।‘राजपालाई सँघीय सरकारमा सहभागी गराउने हाम्रो प्रयास हो दाहालले भनिन,जसले गदौ अगामी दिनमा नेकपा र राजपाले मिलेर प्रदेश २ को बिकाश गर्न सकोस्।’

प्रदेश नम्बर २ मा बिधमान रहेको भेदभाव दहेज प्रथा लगायतका कुरितीहरुलाई निर्मुल पार्नेमा आफु लाग्ने उनले जानकारी दिईन ।तराई मधेसमा उठेको केही जायज माँगहरुलाई पुरा गराउनेतर्फ आफुले पहल गर्ने आशवासन दाहालले दिइन्।

गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ बाट नेकपा र राजपा गठबन्धनको तर्फबाट मृगेन्द्र सिंह यादव र तुलसा दाहाल विजयी भएका थिए।बधाइ तथा सम्मान कार्यक्रममा नव निर्बाचित राष्ट्रिय सभा सदस्य यादव र दाहाललाई फुलमाला तथा अबिर लगाएर सम्मान गरिएको थियो।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्