चाँदीका गहनासहित दुईजना पक्राउ

जनकपुरधाम– सिरहामा चाँदीको गरगहनासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १४ का ३० वर्षिय सुमन विश्वकर्मा र झापा जिल्लाको शिवसतासी नगरपालिका वडा नं. ८ का ३८ वर्षिय दलबहादुर विश्वकर्मा रहेको सिरहा प्रहरीले जनाएको छ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको गस्ती टोलीले लहान नगरपालिका वडा नं. ८ दुर्गा मन्दिर नजिकबाट चाँदीको ठूलो व्रासलेट २७ थान, सानो व्रासलेट १८ थान, चाँदीको औँठी १ सय ९६ पिस, चाँदीको बाला ५८ पिस, चाँदीको लेडिज ब्रासलेट २५ पिस र चाँदीको ड्राईगेन ४९ पिस गरी ३ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको ५ किलो ७ सय ४२ ग्राम चाँदीको गहना बरामद गरेको सिरहा प्रहरीले जनाएको छ।

त्यसैगरि प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १२ का २४ वर्षिय रञ्जित चमार रहेको सिरहा प्रहरीले जनाएको छ।

चमारलाई डाईजेलेव ५ एम्पुल, फेनार्गन ५ एम्पुल र नोर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुलसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्