सभामुख सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ बजे

काठमाडौँ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण सोमबार बिहान ११ हुने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ गराउने भएकी हुन्। उनी आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि शपथ ग्रहणको समय निर्धारण गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ याेगीले जानकारी दिए।

शपथ ग्रहणपछि भोलि नै उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्ने छन्।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्