सुदूरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा वीरबहादुर पाल

काठमाडौँ– सुदूरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्षमा वीरबहादुर पाल निर्वाचित भएका छन्। समाजको चौधौं साधारणसभाले वीरबहादुर पाल को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका घर भई विगत लामो समयदेखि कोरियामा बस्दै आएका पाल विभिन्न सामाजिक कार्यहरुमा निरन्तर सक्रिय रहँदै आएका छन्।

सन २०१५ मा समाजको बुसान क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय कार्य समितिमा यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका पाल सामाजिक सक्रियताकै कारण कोरियामा नेपालीहरु माँझ लोकप्रिय छन्।

राजधानी सउलको बुल्ग्वाङस्थित प्रवासी मजदुर युनियनको सभाहलमा सम्पन्न समाजको साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा दिलबहादुर मडै, उपाध्यक्षमा महेश महरा र लोकराज पाण्डे, महासचिवमा ओमबहादुर साउद, सचिवमा वीर भण्डारी र योगेश बोहरा तथा कोषाध्यक्षमा डिल्लीराज पनेरु र सह–कोषाध्यक्षमा टेकराज पनेरु निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा पूर्ण सापकोटा, पुस्कर राज धिक्त र सुरेश अवस्थी र जिल्ला संयोजकतर्फ पुस्कर राज जोशी कैलाली, महेश भट्ट कञ्चनपुर, प्रेम देउवा डोटी र जनक विष्ट अछाम निर्वाचित भएका छन्।

कार्यक्रम समाजका अध्यक्ष लालबहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि समाजका संरक्षक डा. अग्नि राज कोइराला रहेका थिए।

कार्यक्रममा वरिष्ठ लोक तथा देउडा गायक महेश कुमार औजीले प्रस्तुती दिएका थिए।

सुदूरपश्चिमेलीहरुबीच आपसी एकता, सहयोग, सद्भाव र भाइचाराका साथै आफ्नो कला र संस्कृतिको सम्बर्द्धनका लागि सुदूरपश्चिम समाज दक्षिण कोरिया क्रियाशील रहँदै आएको छ।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्