सभामुख सापकोटाले भने, ‘लोकतन्त्रमा विरोध भइरहन्छ, यसलाई अन्यथा लिएको छैन’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनिर्वाचित सभामुख अग्नि सापकोटा । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताएका छन्।

राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै संसद सचिवालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरेपछि सभामुख सापकोटाले नागरिक समाजका तर्फबाट भएको प्रदर्शनबारे भने, ‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन ।’

हत्या अभियोगबारे सभामुख सापकोटाले भने, ‘यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ, अदालतमा रहेको विषयमा नबोलौँ।’
यस्तै एमसिसीलाई अध्ययन गर्नु पर्ने बताएका उनले त्यसबारे विस्तृतमा बताएनन् ।

उनले कारागार ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद बैठकमा पेश गर्ने निर्णय गरेर पदभार ग्रहण गरेका हुन्।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्