ए डिभिजन लिगः भोला सिलवालको गोलमा एपिएफमाथि पुलिसको जित

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गरेको हो। पुलिसको जितमा भोला सिलवालले गरेको गोल नै निर्णायक बन्यो । सिलवालले १३ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि ९ खेलबाट १४ अंक जोडेको पुलिस क्लब पाँचौँ स्थानमा उक्लेको छ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्