राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार बेलुका भएको खेलमा निक किर्गियोसलाई पराजित गरेर नाडालले अन्तिम ८ मा स्थान बनाएका हुन् ।

३३ वर्षका नाडालले २३ औँ बरियताका निकलाई ६–३, ३–६, ७–६ (८–६) र ७–६ (७–४) को सेटमा पराजित गरेका हुन्।

विश्व नम्बर एक नाडालले पाँचौँ बरियताका अष्ट्रियन डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् । नाडालले चिरप्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्