कम्प्युटर अधिकृत १० हजार रुपैयाँ घुससहित पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौैँ– आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनका कम्प्युटर अधिकृत रामकुमार अधिकारी १० हजार रुपैयाँ घुससहित पक्राउ गरेका छन्।

अधिकारीले सेवाग्राहीसँग विद्य‌ुतीइ बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

अधिकारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्