कप्तान भरतको एक गोलको मूल्य तीन अंक

कप्तान खवास (सबैभन्दा अगाडी) गोल गरेपछि खुसीयाली मनाउँदै।

काठमाडौँ-कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा नेपाल आर्मी क्लबले जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एक अंकको स्पष्ट अग्रता कायमै राखेको छ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल आर्मीले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो। भरतले खेल बराबरीतर्फ धकेलिरहेका बेला ७५ औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगितामा भरतले चार गोल गरेका छन्। आर्मी ९ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ९ खेलबाट १९ अंक छ।

प्रतियोगितामा दुवै टोलीले समान ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेका छन्। गत संस्करणमा पुछारमा रहेका कारण मच्छिन्द्रको एक अंक यसपटक घटुवा गरिएको हो।

साविक विजेता मनाङ मर्स्याङ्दी ८ खेलबाट १६ अंकसहित तेस्रोमा छ।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्