सेलिब्रेटी छोरी छुट्ने पर्खाइमा बुवा (फोटो फिचर)

सेलिब्रेटी छोरी आस्था राउत प्रहरी हिरातसतबाट छुट्ने समयको पर्खाइमा घडि हेर्दै बुवा हरिबहादुर राउत। तस्विर-बर्षा शाह/देश सञ्चार

काठमाडौ-सेलिब्रेटी अर्थात समाजमा चर्चित व्यति जसलाई सामान्य व्यक्तिभन्दा फरक तरिकाले हेर्ने गरिन्छ। सेलिब्रेटी पनि हरेक क्षेत्रमा फरक फरक पेशाका हुन् सक्छन्।यस्तै पछिल्लो समय यस्तै नेपाली पप संगीत क्षेत्रकी सेलिब्रेटी गायिका आस्था राउत मिडियामा छाइन्।

खासमा उनले नेपाल प्रहरीबारे दिएको अभिव्‍यक्तिले झन चर्चामा ल्यायो।उनको र नेपाल प्रहरी बिचको चर्चा नेपालमा चलि रहँदा उनी भने भारतको सिक्किममा कार्यक्रममा थिइन्। तर,नेपालमा रहेका उनको परिवार भने आफ्नो छोरीबारे चिन्तामा थिए। तर मंगलवार जिल्ला प्रशासन कार्यलयमा पुगेका आस्थाका बाबु तथा गायक हरिबहादुर थापाको अनुहारमा छ खुसी देखिएको थियो।

छोरी गायिका आस्था राउत छुटेपछि हर्षित मुद्रामा बाबु हिरबहादुर राउत । बर्षा शाह/देश सञ्चार

छोरीलार्ई जिल्ला प्रशासन कार्यालय ल्याउनु अघि त्यहाँ पुगेका हरिबहादुर छोरीको पर्खाइमा तल्लीन देखिए।उनका आँखा छोरी त्यहाँ कुन बेला पुर्‍याइन्छ भन्‍ने पर्खाइमा थिए। उनी बेला-बेला नाडीको घडितिर आँखा लगाइरहेका थिए।

आस्थालाई साथ दिन आएका साथीभाई, इस्ट मित्रहरुले आज छुट्छ चिन्ता नलिनुभन्दा उनी केही हँसिलो अनुहार बनाएका थिए। आस्थालाई साथ दिन उनका पेशाका मान्छेसँगै आफन्तहरु पनि त्यहाँ पुगेका थिए। हरिबहादुरको आँखामा थोरै डरसँगै धेरै आशा भएको देखिन्थ्यो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा छोरी आस्था राउतलाई पर्खिरहेका आस्थाका बावु हरिबहादुर राउत। तस्विर:बर्षा शाह/देश सञ्चार

आस्था अरुका लागि सेलिब्रेटी भए पनि एउटा बाबुको लागि भने उनी केवल छोरी भएकाले बुवाको छोरीप्रतिको चिन्ता लाग्‍नु स्वभाविकै थियो। त्यसमा पनि प्रहरीसँग भएको लफडा कानुनी रुपमा बाहिर आइसकेपछि मनमा पीडा बोकेर जिल्ला प्रशासन कार्यलय पुगेका थिए बुवा हरिबहादुर।

एकरात प्रहरीको हिरासतमा बसेकी उनी र मंगलवार जिल्ला प्रशासन कार्यलयमा कानुनी प्रक्रिया पूरा गरेर चार हजार धरौटीमा छुटिन्। आस्था त छुटिन् । तर, आस्था छुट्दा सबैभन्दा खुशी थिए उनका बाबु हरिबहादुर। उनलाई साथीहरुले अब त आस्थाको बाबु भनेर चिनाउनुपर्छ भन्दा उनी मुस्कुराएका थिए।

चार हजार धरौटीमा तिरेर छुटेपछि काठमाडौं जिल्ला प्रशासनमा गायिका आस्था राउत र बुवा हिरबहादुर राउत । बर्षा शाह/देश सञ्चार

छोरी ४ हजार धरौटी तिरेर छुटेपछि उनले छोरीको हात समाएर गाडिसम्म पुर्‍याएका थिए। आफन्तसँग छोरीलाई पठाएका थिए हरिबहादुरले। आस्था छुटेपछि, तपाई आफ्नी छोरी आस्थालाई यहाँ पुर्‍याउने महिला प्रहरीलाई के भन्‍न चाहनुहुन्छ भन्‍न पत्रकारको प्रश्‍नमा उनले भने, ‘मैले पहिला नै भनेको थिएँ। दुवै मेरा छोरी हुन्। दुवै छोरीलाई छलफल गराएर समाधान गरीयोस् भनेर। आज त्यही भयो । मेरो छोरी छुटेकोमा म धेरै नै खुशी छु।’ उनले महिला प्रहरी रमिता श्रेष्ठ पनि मेरै छोरी भएको बताए।

काठमाडौं जिल्ला प्रशासनमा हिरबहादुर राउत । बर्षा शाह/देश सञ्चार

यति भन्दै मनको पीडालाई मुस्कानमा बदल्दै उनी जिल्ला प्रशासन कार्यालयबाट निस्किए। तर छलफलमा भने महिला प्रहरी रमिता श्रेष्ठ उपस्थिति थिइनन्।

आफूलाई साथ दिन काठमाडौं जिल्ला प्रशासनमा आएका मित्रसँग हिरबहादुर राउत । बर्षा शाह / देश सञ्चार
माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्