लेस्टर सिटीलाई स्तब्ध पारेर एस्टन भिल्ला लिगकपको फाइनलमा

लेस्टर सिटीलाई स्तब्ध पारेर एस्टन भिल्ला लिग कप (इएफएल कप अर्थात काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा लेस्टर सिटीले १–१ को बराबरी खेलेको थियो ।
मंगलबार राति भएको खेलमा टार्गेटले १२ औँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाति अग्रता दिलाए । पछि परेको लेस्टर सिटीका लागि ७२ औँ मिनेटमा केलिची इहिनाचोले बराबरी गोल फर्काए।
एस्टन भिल्लाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा ट्रेजिगेले विजयी गोल गरे।
एस्टन भिल्लाले फाइनलमा म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ।