मौसम बदलीः वर्षा र भारी हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा बदली भएको छ । केही क्षेत्रमा बुधबार बिहान हल्का वर्ष समेत भएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो पश्चिम तथा मध्य भूभाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली हुनेछ । यस्तै पूर्वी तराई भेगमा आंशिक बदली हुनेछ। पश्चिम र मध्य भूभागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु(भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्