जब दुई–तीन महिनाका ऋषि कपूरलाई लता मंगेशकरले काखमा लिएकी थिइन्

अभिनेता ऋषि कपूरले ट्वीटरमा आफ्नो बाल्यकालको फोटो शेयर गरेका छन्। जसमा ऋषि दिग्गज गायिका ‘लता मंगेशकर’ को काखमा लुटपुटिएका छन्।

क्याप्सनमा उनले लेखेका छन्, ‘नमस्ते लता जी, तपाईँको आशिर्वादले हेर्नुहोस् म दुई-तीन महिना हुँदाको फोटो फेला पारेँ। मलाई सधैँ तपाईँको आशिर्वाद छ, धेरै धेरै धन्यवाद। के म यो तस्बिर ट्वीटरमा राखेर संसारलाई बताउन सक्छु की यो तस्बिर मेरो लागि अमूल्य छ ?’


लतालाई यो फोटोले राज कपूरको स्मरण गरायो।

लता मंगेशकरले आफ्नो ट्वीटरमा यो फोटो शेयर गर्दै ऋषि कपूरका पिता राज कपूर र आमा कृष्णा राज कपूरको याद आएको बताइन्। उनले जवाफ लेखेकी छन्, ‘नमस्कार ऋषि जी तस्बिर देखेर मलाई धेरै नै खुसी लाग्यो। यो तस्बिरमा भाउजुले तपाईलाई मेरो हातमा दिनुभएको थियो। तपाईँले सबैसँग यो तस्बिर साझा गरेर धेरै राम्रो गर्नुभयो। तपाईँको स्वास्थ्य सधैँ राम्रो रहिरहोस्, ईश्वरसँग मेरो प्राथना छ।’

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्