कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १३२ पुग्यो, झण्डै ६ हजार संक्रमित

नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ। ज्यान गुमाउने सबै चीन भित्रकै हुन्।

यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ ।

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ ।

त्यहाँ रहेका विदेशीहरुलाई उनीहरुकै देश पठाउन थालिएको चीनका अधिकारीले बताएका छन् । जापानी तथा अमेरिकी नागरिकसहितको विमान वुहानबाट पठाइएको छ ।

यस्तै फ्रान्सका नागरिकलाई पनि उनीहरुकै देश पठाइएको चीनले जानकारी दिएको छ । चीनका राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसलाई ‘दानव’ का रुपमा चित्रित गरेका छन् । तर यसमा विजय प्राप्त गर्ने उनको भनाई छ ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्