हुम्लाको अन्तरजातीय प्रेम कथामा आधारित रातो टालो सार्वजनिक

सिमकोट-हुम्लाका स्थानीय युवाको सक्रियतामा पचास वर्ष अगाडि फस्टाएको अन्तरजातीय प्रेम कथामा आधारित भिडियोको पोष्टर सार्बजनिक भएको छ।

अहिले पनि प्रेममा भिन्‍न र फरक धारणा राख्‍ने हुम्लाको सामाजिक मान्यतालाई बाहिर ल्याउन यो भिडियो तयार गरिएको हो। नितान्त रुपमा अन्तर जातिय बिबाहलाई स्वीकार गर्न नसक्ने हुम्लाको सामाजिक मान्यतालाई भिडियोले जस्ताको तस्तै उतार्ने प्रयास गरेको छ।

अहिलेको जमाना त त्यस्तै मान्यता नहटेको सन्दर्भमा पचास बर्ष अगाडि कस्तो थियो होला सबैको कौतुहलताको बिषय हुन सक्छ भन्ने चिरफार गर्न यो भिडियो निक्कै दुख कष्टका साथ तयार पारिएको स्थानीय युवा एवं भिडियाका कथाकार जगदीश शाहीले बताए।

हालको कर्णाली प्रदेशको हुम्ला जिल्लामा त्यतिबेला फष्टाएको अन्तरजातीय पौराणिक प्रेम बिबाहलाई उतारिएको उनले बताए। आगामी फागुन २ गते भ्यालेनटाइनका दिन काठमाडौं प्रिमियर गर्ने सो भिडियोको पहिलो पटक पोष्टर सार्बजनिक भएको हो।

हुम्लाकै गाउँ बस्तीमा गएर भिडियोको सुटिङ गरिएको थियो। पोष्टमा युवना भट्टराक्ष्ए र सुर्य बहादुर शाहीको फिचर्ड रहेको छ।

हुम्लाको खस भाषामा आधारित रहेर पचास बर्ष अगाडीको अशिक्षित समाज, शासन ब्यबस्था, परम्परागत मुल्य र मान्यताहरुलाई उजागार गरिएको भिडियोको भिडियोको निर्देशकमा डायमन्ड उप्रेती रहेका छन्।

रातो टालोमा हमालको प्रस्तुती, कथा, गीत, संगीत शब्द, स्वर रहेको छ। भिडियोमा शोभा शाही, छिरिङ सोनामा लामाको पनि अभिनय रहेको छ।

आश्मा पोखरेलको सहनिर्देशन, इतुशा पोखरेलको छायांकन रहेको भिडियोमा अभिनाश लामाको सहछायांकन रहेको छ। भिडियो रातो टालो प्रोडक्सन र स्टुडियो लोइथोको ब्यानरमा बनेको हो।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू