सांसद पोखरेलको सक्रियतामा चेपाङ वस्तीमा विद्युतीकरण

चितवन – देशका संवृद्ध जिल्लामध्ये चितवन परे पनि त्यसका ठाउँमा भने अझै विद्युतीकरण हुँदैछ।

चितवनको इच्छाकामना गाउँपालिका–१ मा पर्ने चेपाङ समूदायको बाहुल्यता रहेको वस्तीमा बुधबार मात्र बिजुली पुगेको हो।

बिजुली पुगेसँगै साविकको हात्तीवांग काउले गाविसका झण्डै दुई सय घर परिवार लावान्भित भएका छन्।

चितवन–२ का सांसद कृष्णभक्त पोखरेलको सक्रियतामा स्थानीय विकास पूर्वाधार कार्यक्रमको ६० लाख र संघीय सरकारको ४० लाख सहयोगमा बिद्युतीकरण भएको हो।

पोखरेलले आफूले चुनावमा गरेको प्रतिवद्धक्ताअनुसार बिजुली र सडक पु¥याउन सफल भएको बताए।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्