पर्यटकलाई जन्मदिनमा उपहार, चन्द्रागिरिमा नि:शुल्क केवलकार

काठमाडौँ– चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटकको जन्म दिनमा केवलकार सेवा निशुल्क गर्ने भएको छ। चन्द्रागिरि केवलकारको सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकको जन्मदिनका दिन केवलकार सेवा नि:शुल्क प्रदान गर्ने व्यवस्था गरेको हो।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्म दिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

उक्त योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जानकारी दिएको छ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको कम्पनीले जनाएको छ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्