रोजर फेडेरर र नोभाक जोकोविच ५० औँ पटक आमनेसामने हुँदै

टेनिसमा विश्वका दुई उत्कृष्ट खेलाडी रोजर फेडेरर र नोभाक जोकोविचबिच ५० औँ पटक प्रतिस्पर्धा हुँदैछ।

बिहीबार हुने अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा फेडेरर र जोकोविचबिच प्रतिस्पर्धा हुन लागेको हो । स्वीड फेडेरर र सर्बियन जोकोविच हुन लागेको हो ५० औँ खेल हो ।

३८ वर्षका फेडेररले ३२ वर्षका जोकोविचलाई सन् २०१२ यता ग्राण्डसलाम प्रतिस्पर्धामा पराजित गर्न सकेका छैनन् ।

साबिक विजेता जोकोविच कीर्तिमानी मार्ग थप लामो बनाउने अभियोनमा छन् आठौँपटक अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेर । त्यसका लागि सेमिफाइनलमा फेडेररको अवरोध पार गर्नु पर्ने छ ।

यस्तै फेडेरर भने सातौँपटक अस्ट्रेलियन ओपनको उपाधि जितेर कीर्तिमानमा बराबरी गर्न चाहन्छन् । विश्व बरियतामा जोकोविच हाल दोस्रो तथा फेडेरर तेस्रो नम्बरमा छन् ।

अहिलेसम्म भएका ४९ हेड–टू–हेड मा २३ मा फेडेरर तथा २६ मा जोकोविच विजयी भएका छन् । फेडेररले हालसम्म २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् भने जोकोविचको ग्राण्डसलाम उपाधि संख्या १६ छ ।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्