प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी शहीदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गरे ।

शहीदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित शहीद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो ।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्