नेकपा केन्द्रीय कमिटी बैठक

‘पार्टीलाई ठेकेदारबाट बचाऔँ’

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधिकांश केन्द्रीय सदस्यहरुले ठेकेदारबाट पार्टीलाई जोगाउन माग गरेका छन्।

बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यहरुले निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको र पैसा हुनेले मात्रै चुनाव जित्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन्।

समूह दुईमा रहेका केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले भने, ‘पार्टीलाई व्यापारिक घरानाबाट समयमै बचाऔँ।’ नेकपा नेतृत्वको सम्बन्ध व्यापारिकसँग भएको सार्वजनिक भइरहेका बेला उनीहरुले यस्तो माग गरेका हुन्।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्