बाँकेबाट एकजना विप्लव कार्यकर्ता पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज– बाँके प्रहरीले एक जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले बाँकेको बैजनाथ–१ चिसापानीबाट विप्लव कार्यकर्ता कृष्ण बहादुर शाहीलाई पक्राउ गरेकाे बाँके प्रहरीले जनाएकाे छ।

शाहीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए। शाहीमाथि चन्दा आतंक मच्चाएको आरोप छ।

शाही यसअघि पनि पक्राउ परेका थियो। उनी गत साउन २९ गते १० हजार धरौटीमा छुटेका थिए।

यद्यपि उनले अहिले आफू विप्वव समूहमा सक्रिय नरहेको दावी गरेका छन्।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्