नेकपा केन्द्रीय कमिटी बैठक

स्वास्थ्य र शिक्षामा लगानी गर्नेलाई पार्टी सदस्यता नदिन माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरेकाहरुलाई पार्टी केन्द्रीय कमिटी सदस्यता नदिन माग उठेको छ।

नेकपाको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन समूहगत छलफलका क्रममा अस्पताल र शिक्षामा लगानी गर्नेहरुलाई सदस्यता नदिन माग उठेको हो। समूह एकमा त्यो माग सबैभन्दा बढी उठेको छ।

संविधानले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारको रुपमा व्यवस्था गरिसकेको अवस्थामा त्यसमा लगानी गरेर आम्दानी गर्नेहरुलाई केन्द्रीय सदस्य नबनाउन माग उठेको समूहका सदस्य गणेश शाहले जानकारी दिए।

नेकपाका कयौँ नेताहरुले स्वास्थ्य र शिक्षामा लगानी गर्दै आएका छन्। सरकारमा रहेका मन्त्रीहरु समेत यो क्षेत्रमा आवद्ध छन्।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्