‘राजपा सरकारमा जानेबारे पार्टीमा छलफल भएको छैन’

फाइल तस्बिर।

काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन्।

अध्यक्ष मण्डलका सदस्य यादवले सरकारमा जाने नैतिक धरातल नभएकाले पार्टीमा छलफल नै नगरिएको बताएका हुन।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको साक्षातकारमा बोल्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल नभएको बताए।

उनले सरकारमा सहभागी हुने विषय आफूहरुको प्राथमिकतामा नभएको समेत बताए। उनले पार्टीले राखेका माग र मुद्दा सम्बोधन भएमा वातावरण बन्ने र त्यसबेला विचार गर्न सकिने बताए।

आफ्नो पार्टीले उपसभामुखको दावी नगरेको तर सरकारले किन दिन चाहेको छ भन्ने विषय बुझ्न नसकेको उनले बताए।

नेता यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रकृया अगाडि बढिरहेको समेत बथताए। उनले प्रदेश २ मा राजपा नेपाल र समाजवादी पार्टीको वर्तमान गठबन्धन नटुटने समेत बताए।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्