महराको यौन हिंसा प्रकरणबारे नेकपाले पनि छानविन गर्नु पर्ने माग

काठमाडौँ-  पूर्व सभामुखकृष्ण बहादुर महराको यौन हिंसा प्रकरणबारे पार्टीले पनि छानविन गर्नुपर्ने माग नेकपामा उठेको छ।

नेकपाको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार महराको यौन हिंसा प्रकरणमा अरुको मात्रै भर नपरी पार्टीले छानविन गर्नु पर्ने माग त्यसका सदस्यहरुले गरेका हुन्।

केन्द्रीय कमिटीका एक सदस्यले भने,‘ महरा प्रकरणमा अदालत या प्रहरीले मात्रै छानविन गरेर हुन्न। पार्टी स्वंले पनि यसबारे छानविन गर्नु पर्छ भन्ने माग उठेको छ।

संसद सचिवालयकी एक कर्मचारीलाई यौन हिंसा गरेको आरोपमा महरा यतिबेला प्रहरी हिरासतमा छन्। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन छ।

यौन हिंसाको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्