चिनीले निम्त्याउने यी १० समस्याहरु

अमेरिकाको आहार सम्बन्धी दिशानिर्देश सल्लाहकार समितिले ‘चिनी’ स्वास्थ्य चिन्ताको विषय बनेको बताएको छ। हामीले खाने हरेक खानेकुरामा चिनी केही न केही रुपमा प्रयोग भएको हुन्छ, ‘बिहानको चियादेखि बेलुकाको डेजर्टसम्म।

अझ अमेरिका लगायत युरोपियन देशहरुमा मोटोपनलाई शत्रुको रुपमा हेरिन थालिएको छ। त्यसैले उनीहरु धेरै खानाको सट्टा चिनी मिश्रित थोरै खानेकुरा खान्छन्।

हुन न कम मात्राको चिनी स्वास्थ्यको लागि फाइदाजनक नै छ। यसले तपाइको शरीरलाई शक्ति दिन्छ, तर यसको मतलब चिनी भएको खाना धेरै प्रयोग गर्नुपर्छ भन्ने होइन।

यहाँ हामी खानामा चिनी धेरै खाएपछि निम्तिने १० समस्याको बारेमा कुराकानी गर्दै छौँ।

१) उच्च रक्तचाप

चिनीले मानिसको शरीरको रक्तचाप बढाउन मद्दत गर्छ। उच्च रक्तचापको कारणले धेरै रोगले दुख दिन्छन्। जस्तो मुटुसम्बन्धि रोग, स्ट्रोक, मृगौला फेल अन्य। तपाईको तौल धेरै छैन भने पनि दिनहुँ धेरै चिनी खाँदा उच्च रँक्तचापको समस्या हुन सक्छ।

२) उच्च कोलेस्ट्रोल

हामीले यहाँ राम्रो कोलेस्ट्रोलको कुराकानी गरेका छैनौँ। चिनीले तपाईँको शरीरको नराम्रा कोलेस्ट्रोल बढाउँछ र राम्रो कोलेस्ट्रोलाई घटाउँछ। धेरै कोलेस्ट्रोलले धमनी र रक्तनलीहरुलाई बन्द गरिदिन्छ, यसको कारणले मानिसलाई हृदयाघात र स्ट्रोकको खतरा बढ्छ।

३) हृदयाघात

संस्थाले भर्खरै गरेको एक अध्ययनले चिनीको प्रयोग र हृदयाघात सम्बन्धित भएको तथ्य पत्ता लगाएको छ। हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थहरुले हृदयाघातको जोखिम बढाउछन्। हालै हृदयाघात हुने मानिसको सङ्ख्या २५ प्रतिशतले बढेको पाइएको छ, सोच्नुस् त यो कति भयानक छ।

४) मष्तिस्कको कार्यक्षमतामा ह्रास

धेरै चिनीको प्रयोगले मष्तिस्कको कार्यक्षमतामा ह्रास ल्याउँछ। दिमागलाई सम्झन र प्रतिक्रिया दिनको लागि हुने प्रक्रियामा चिनी पुग्यो भने प्रभाव पर्छ। यो संस्थाले जनावरहरुलाई चिनी खुवाएर यो परीक्षण गरेको थियो।

५) अल्जाइमर र डिमेन्सिया

अध्ययनले अल्जाइमर र डिमेन्सियाको कारक तत्वमा चिनीको अत्याधिक प्रयोगलाई पनि राखेको छ। चिनीले दिमागको स्मरण शक्ति सम्बन्धि रसायन उत्पादनमा प्रभाव पार्छ। यो रसायन कम हुँदा अल्जाइमर र डिमेन्सियाको खतरा बढि हुन्छ ।

६) डिप्रेसन र एन्जाइटी

अध्ययनले डिप्रेसनको बिरामीहरुको खानपान अध्ययन गर्दा धेरैले दिनमा कम्तीमा ४ कप सोडा खाने गरेको तथ्य पत्ता लागेको छ। त्यसैले डिप्रेसनको कारण चिनीको अत्याधिक प्रयोग मानिएको छ। किनभने रगतमा चिनीको मात्रा बढी भएपछि इन्सुलिनले राम्ररी काम गर्न सक्दैन र यसले निराशा र एन्जाइटी पनि निम्त्याउन सक्छ।

८) चिनीको लत

हामीलाई थाहै नपाई चिनीको तल बसिसकेको हुन्छ, जसको कारणले हामी अझ धेरै चिनी खान चाहन्छौँ। तर शरीरले चिनी खाए त्यही अनुसारको प्रतिक्रिया दिन्छ, नखाए त्यही अनुसारले चल्छ।

९) छाला सम्बन्धी रोग

चिनीले मानिसको छालामा धेरै प्रकारले प्रभाव पारिरहेको हुन्छ। हाम्रो छाला चम्किलो र जवान राख्ने एलेस्टिन र कोलाजेन फाइबरलाई यसले प्रभाव पार्छ। धेरै चिनीको प्रयोगले छिटो छाला चाउरी पर्ने समस्या आउँछ। यस्तै चिनीले डन्डीफोर आउने समस्या निम्त्याउन सक्छ।

१०) चिनीरोग

चिनीरोग भएका मानिसले चिनी खान हुँदैन। तर धेरै चिनीजन्य खानेकुरा खाँदा मानिसले आफूलाई चिनीरोगको खतरा तर्फ लगिरहेको हुन्छ। शरीरमा चिनीको मात्रा धेरै भयो भने इन्सुलिन सही मात्रामा उत्पादन हुन सक्दैन र चिनीरोग लाग्छ।

(एजेन्सी)

माघ १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्