गंगामायाले राष्ट्रसंघीय आवासीय प्रतिनिधिलाई भेट्ने

काठमाडौँ- आफ्नो छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै लामो समयदेखि आन्दोलनरत सत्याग्रही गंगामाया अधिकारी र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डबीच  मंगलबार भेटघाट हुने भएको छ। 
गंगामायाले मंगलबार बिहान राष्ट्रसंघीय आवासीय प्रतिनिधि जुलियान्डलाई भेट्ने कार्यक्रम तय भएको छ।
छोराको हत्यारालाई कारबाहीकै माग गर्ने क्रममा अनशनरत भएकै अवस्थामा गंगामायाका पति नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो।
माघ २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्