जहाज धानवमार्गबाट बाहिर जाँदा तीन टुक्रा, तीनजनाको मृत्यु

टर्कीमा यात्रु विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ । टर्कीको इज्मिर प्रान्तको साबिहा गोक्सेन विमानस्थलमा अवतरणको क्रममा विमान धावनमार्गबाट बाहिर जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा १७१ यात्रु र चालक दलका ६ सदस्यसहितको विमान तीन टुक्रा भएको छ । घटनामा तीनजनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएको टर्कीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बोइङ ७३७ विमान समान दिशामा चलिरहेको हावा र वर्षाकाबिच अवतरणको क्रममा थियो । विमानमा रहेका अधिकांश यात्रु टर्किस रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै २० जना भने विदेशी रहेको उल्लेख गरिएको छ । खराब मौसमका कारण विमान धावनमार्ग भन्दा ५०–६० मिटर बाहिर गएर दुर्घटना भएको स्थानबुलका गभर्नरले बताएका छन् ।

माघ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्