अन्तर पालिका जोड्ने सडक निर्माणले गति लियो

सिमकोट – कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तीनवटा गाउँपालिका जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । सडक निर्माणका लागि निर्माण कम्पनी छनौट भइ मेसिनहरु कार्यक्षेत्रमा पुगेका छन् ।

अन्तर पालिका जोड्न सडकको निर्माण तीव्र रुपमा भइरहेको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ले बताए।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा चालु आर्थिक बर्षको बजेटमा हुम्ला जिल्लाका ताँजाकोट, अदानचुली र सर्केगार्ड गाउँपालिका जोड्ने सडक निर्माणका लागि बजेट बिनियोजित भएको थियो ।

यसका लागि आठ करोड बजेट व्यवस्था गरिएको छ । समयमै निर्माण कम्पनी छनौट भएको हुँदा सडक निर्माण स्थलमा निर्माण कम्पनीले मेसिनहरु पुगेपछि काम धमाधम भइरहेको अध्यक्ष मल्ले बताए ।

माघ २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्