प्रचण्डको व्यंग्य

‘सारङ्गी र बाँसुरी बजाएको फोटो देख्दा धन्न म गएनछु भन्ने लाग्यो’

प्रचण्ड

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यंग्यात्मक शैलीमा पार्टीका अर्का एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सारङ्गी बजाउने कार्यक्रममा आफू सहभागी नभएको जाती भएको टिप्पणी गरेका छन्।

कान्तिपुर ‘कन्क्लेभ’ शनिबार प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीको सारङ्गी बजाउने कार्यक्रममा नियतबस छुटइएको नभई आफ्नो पूर्वनिर्धारित कार्यक्रमका कारण सहभागी हुन नसकेको सुनाए पनि त्यो कार्यक्रममा आफू भाग नलिएकै जाती भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक सकिएको पर्सिपल्ट २१ गते सम्पादकहरुसँग छलफल गरेपछि साँझ आयोजित सांगेतिक कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमारको बीचमा बसेर सारङ्गी बजाएको तस्बीर सार्वजनिक भएपछि त्यसको आलोचना भएको पृष्टभूमिमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

प्रचण्डले भने,‘ प्रधानमन्त्रीज्यूले साँझ सांस्कृतिक कार्यक्रम रहेको र बस्नै पर्ने भन्नु भएको थियो । तर मेरो पूर्वनिर्धारित कार्यक्रम रद्द गर्न नमिल्ने भएकाले म पोखरा गए। त्यहाँ सारङगी बजाउने भन्ने कार्यक्रम त थाहा थिएन। तर भोलिपल्ट त्यसमा सहभागि नभएर राम्रै गरिएछ भन्ने लाग्यो।’

माघ २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्