धनगढी विमानस्थल बढाउन २२७ विघा जमिन अधिग्रहण गरिने

धनगढी विमानस्थल बढाउन २२७ विघा जमिन अधिग्रहण गरिने
+
-

धनगढी– धनगढी विमानस्थल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार धनगढीमा सार्वजनिक गरेको गुरुयोजना अनुसार अबको २० बर्ष भित्रमा धनगढी विमानस्थल अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्ने भएको हो।

रियल पथ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको गुरुयोजना अनुसार सन् २०४० सम्ममा विमानस्थलको ३ चरणमा निर्माण कार्य हुनेछ। पहिलो चरणमा निर्माणको लागि १ अर्ब ८ करोड, दोस्रो चरणमा ४ अर्ब ९८ करोड र तेस्रो चरणमा ६ अर्ब ८ करोड गरी जम्मा १२ अर्ब १४ करोड बजेट लाग्ने गुरुयोजनामा उल्लेख छ।

यो विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बीस वर्षे अवधिको गुरुयोजना तयार पारिएको छ। कन्सल्टेन्सीका इन्जिनियर गुरुदत्त अधिकारीले प्रस्तुत गरेको प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तार कार्यका लागि थप झण्डै २२७ विघा जग्गा आवश्यक पर्ने उल्लेख छ।

यसका लागि विमानस्थलको दक्षिणतर्फको केही क्षेत्रफलको जग्गा अधिग्रहण गर्नु पर्ने देखिएकोमा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनामा समेटिएको छ।

यसै गरी विमानस्थलको दुई हजार ५ सय ५० मिटर लामो र ४५ मिटर चौडा नयाँ रन वे (धावन मार्ग) बनाउने, हालको धावनमार्गलाई जहाजको ‘ट्याक्सी वे‘को रुपमा प्रयोग गर्ने, नेरोवडी खालका जहाजको उडान र अवतरण गर्न सक्ने बनाउने, नयाँ टर्मिनल भवन लगायतका संरचना बनाउनु पर्ने पनि प्रस्तावित गुरुयोजनामा समेटिएको छ।

गुरुयोजनामा १ सय ५० वटा विभिन्न संरचना निर्माण गरिने उल्लेख छ। विमानस्थल निर्माणको पहिलो चरण सन् २०२४ सम्म रहने छ। यस चरणमा जग्गा अधिग्रहणसहित सडक विस्तार लगायत कार्य हुनेछन्। सन् २०२५ देखि २०३० सम्ममा २ हजार ५ सय ५० मिटर लामो र ४५ मिटर चौडा नयाँ धावन मार्ग, ट्याक्सी बाटो, पार्क, पार्किङ, पानी ट्यांकी, इन्धन स्टेशन, शौचालय लगायत विभिन्न संरचना निर्माण गरिने जनाइएको छ।

सन् २०३० देखि २०४० सम्ममा नयाँ टर्मिनल भवन, कन्ट्रोल टावर सबस्टेसन एयरलाइन ब्लक, एप्रोन विस्तार, ट्याक्सी बाटो, वायु विज्ञान कार्यालय, कार्गो कम्प्लेक्स, सेमिनार हल, सुरक्षा भवन, क्यान्टिन, केन्द्रिय भण्डार गृह, एयरपोर्ट रोड, कर्मचारी क्वार्टर, विमान पार्किङस्थल, पानी निकास लगायतका संरचना निर्माण गरिने गुरुयोजनामा उल्लेख छ।

हाल ७० विघा जग्गा ओगटेको धनगढी विमानस्थल लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको दोस्रो ठूलो विमानस्थल हो। हाल धावन मार्गको लम्बाई १ हजार ८ सय मिटर रहेको छ।

गुरुयोजना अनुसार काम अघि बढाउने मन्त्रीको प्रतिवद्धता


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन्।

धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने,‘विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलl त्यसको आम्दानी पनि बाँडौँला।’

उनले स्थानीयवासीले दिएका सुझाबलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रुप दिइने बताए। प्रदेशका राजधानीमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताउँदै मन्त्री भट्टराईले भने,‘यसमा कुनै कमी हुँदैन। प्राथमिकतामा राखेर काम गर्छौँ।’

बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले बताए। मन्त्री भट्टराईले भने, ‘भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट‘ माग गरिएको छ। भैरहवाकाे हकमा भारत सहमत भइसकेको भएपनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल जारी नै छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?