नुहाउने क्रममा राप्ती नदीमा बेपत्ता भएका शर्माकाे शव भेटियाे

नेपालगञ्ज– पिकनिक गएका बेला अगैयास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका शिव शर्माको शव फेला परेको छ।

पौडी खेल्न गएको केही समयपछि उनी नदीमा बेपत्ता भएका थिए। शनिबार साँझसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गरेका थिए।

आइतबार बिहानैदेखि फेरि खोजतलास गरिएको थियो। त्यस क्रममा पौने दश बजे शर्माको शव भेटिएको हो। पिकनिक स्थल नजिकै शर्माको शव भेटिएको प्रहरीले जनाएको छ। शर्माको शव पानीभित्र ढुंगाको खोचमा अड्किएको अवस्थामा भेटिएको हो।

शर्माको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि ल्याउने तयारी गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।

शनिबार बैंकर्स र व्यवसायी पिकनिक गएका थिए। कोहलपुर–१२, चप्परगौडी निवासी शर्मा अगैयामै पसल सञ्चालन गरिरहेका थिए।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्