अडानको तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न, ११ प्रस्ताव पारित

काठमाडौँ – नेपाल अडिटर्स एशोसिएसन(अडान) को तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा बसेको  बैठकमा महासचिव झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।

सो बैठकमा अडानका देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार, विशेषज्ञहरुको उपस्थिति रहेको थियो ।

बैठकले बिभिन्न निर्णयहरु गर्दै पेशागत दक्षता अभिबृद्घि, क बर्गमा बर्ग बृद्घि, गैर लेखापरीक्षकहरु माथि बन्देज गर्न, आईक्यानमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, स्थानीय तथा प्रदेशमा रहेको सुचीकृत गर्नु पर्ने गलत परिपाटीको अन्त्य गर्न, चीन लगायत विश्वभर त्रासदीको रुपमा फैलिएको कोरोना भाईरसका कारण चीनको हुआनमा रहेका नेपाली बिद्यार्थीहरु समेत नेपाल ल्याई उचित व्बबस्थापन गर्न माग गर्दै बैठकले निम्नानुसारका विशेष प्रस्ताबहरु पारीत गरी नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरु तथा सम्बन्धीत सवैमा सोको कार्यान्वयनमा बिषेश ध्यानाकर्षण गराएको छ ।

पारीत विशेष प्रस्ताबहरु

१. वि सं २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन जारी हूंदाका बखत नै दर्तावाला लेखापरीक्षकहरुका सम्बन्धमा विभेदकारी प्रावधानहरु कायम भएकोले अडानले आफ्नो स्थापनाकाल देखिनै यसमा सुधार गर्नुपर्ने माग जोडदार रुपमा उठाउंदै आएको कुरा सवैमा विदितै छ । यसर्थ निम्न अनुसारका कुराहरु कायम हुने गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को ब्यापक संसोधन गर्न वा परिवर्तित परिस्थतिमा नयां ऐन जारी गर्न जोडदार माग गर्दछौंः

क. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ का दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ वमोजिम पाइ आएका सुविधावाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भए तापनि सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान तत्काल खारेज गर्न सवद्ध निकायहरुसंग यो बैठक जोडदार माग गर्दछ ।

ख. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले जारी गरेका सबै प्राविधिक मानहरू र आचारसंहिता सिए तथा आर ए सबै सदस्यहरूका लागि समान रुपमा लागु हुन्छन् र सबै सदस्यहरूले यसको पालना गर्नु पर्दछ । साथै अन्य कानूनहरूको परिपालना ९ऋयmउष्बिलअभ० पनि सबै सदस्यको लागि उत्तिकै जरुरी छ । कानूनतः बहन गर्ने दायित्व पनि समान छ तर लेखापरीक्षण गर्ने कारोबारको सीमा फरक छ । यस्तो अवस्थामा बजारले पत्याएका सबैलाई बिना रोकटोक समान हुने गरी सीमा विहीन लेखापरीक्षण गर्ने ब्यवस्था गर्न सवद्ध निकायहरुसंग यो बैठक जोडदार माग गर्दछ ।

ग. क्षमतावान आर.ए.हरुलाई चार्टर्ड एकाउन्टेन्सी (सिए) मा सहज प्रवेश गर्ने वातावरण बनाउन तथा हालसम्म १ जना पनि सदस्य नरहेको क बर्गको लेखापरीक्षकमा योग्यता पुगेका र अनुभव भएका सदस्यहरुलाई बर्ग बृद्घि गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् सस्था समक्ष यो बैठक जोडदार माग गर्दछ ।

घ. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३मा भएका बिद्यमान सबै विभेदको अन्त्य गरी समान हक कायम हुने ब्यबस्था गर्न तथा संघियताको मर्म र भावना अनुसार उक्त ऐनमा आईक्यानको क्षेत्रिय परिषद्को समेत ब्यवस्था गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासंग यो बैठक जोडदार माग गर्दछ ।

ड. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका हाल बिद्यमान करिव ९००० रजिष्टर्ड अडिटर्श तथा चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरुको समानुपातिक प्रतिनित्वि काउन्सीलमा हुने गरी ब्यवस्था गर्न तथा संस्थाका जो कोही योग्य सदस्यले संस्थाको अध्यक्ष वा उपाध्यक्षको रुपमा चुनिन सक्ने गरी ब्यवस्था गरी रजिष्टर्ड लेखापरीक्षकहरुलाई नेतृत्वमा पुग्न नदिने गरी लगाईएको बन्देज हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष जोडदार माग गर्दछौं ।

२. तटस्थता कायम गरी सम्पन्न गर्नुपर्ने लेखापरीक्षकहरुको पेशागत कार्य अत्यन्त चुनौतीपुर्ण छ । यस क्रममा लेखापरीक्षकले कतिपय दवावहरुसमेत खेप्नुपर्ने हुन सक्छ । हालै मोरङ्गको बिराटनगरमा यस एशोसिएसनका मोरङ्ग जिल्ला समितिका कोषाध्यक्ष तथा लेखापरीक्षक प्रबल घिमिरेको मृत्यूलाई हेर्दा सम्बद्घ पक्षहरुबाटै नियोजितरुपमा ज्यान लिने सम्मको काम भएको होकि भन्ने आशंकाहरु बिद्यमान रहेकोले यस्तो जिउज्यान नै लिने खालको गम्भीर कार्यको वास्तविक दोषी पत्ता लगाई सत्यतथ्य अविलम्ब प्रकाशित गर्न र दोषीलाई हदै सम्मको कारबाही गर्न नेपाल सरकारसंग जोडदारमाग गर्दछौ ।

३. सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको व्यबस्थाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने व्यक्तिगत नैसर्गिक अधिकार समेत कुण्ठित हुन जाने हुंदा एवं अन्य कुनै पेशामा यस्तो प्रकारको ब्यवस्था नरहेको हुंदा सो बन्देज तत्काल खारेज गर्न यो बैठक माग गर्दछ ।

४. गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणसंग सम्बन्धीत कार्यहरु अनधिकृत रुपमा काम भईरहेको अवस्थालाई अडान एक्लैले मात्र नियन्त्रण गर्न सक्ने अवस्था नरहेकोले नेपाल सरकारका सम्बन्धीत निकायहरु तथा प्रशासन समेतले त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न कुरामा लागीपर्न यो बैठक जोडदार मांग गर्दछ ।

५. कतिपय ऐन कानुन, नियमावली र निर्देशिकाहरुमा सम्बन्धीत संस्थाको लेखापरीक्षण ”मान्यताप्राप्त लेखापरीक्षक” बाट लेखापरीक्षण गरिनेछ भन्ने शब्द उल्लेख गर्नु पर्नेमा एकपक्षिय हिसावले सरोकारवालाहरुसँग छलफल नगरी ”चार्टर्ड एकाउन्टेन्ट” बाट लेखापरीक्षण गरिनेछ भन्ने शब्द लेखिने गरेको पाइएकाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सबै सदस्यहरुको भावना, कानूनको भावना बमोजिम ”मान्यताप्राप्त लेखापरीक्षक” शब्दको प्रयोग गर्न गराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछौ ।

६. यस यशोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था विच बिगतमा पटक पटक भएका सम्झौतहरुको सवै बुंदाहरुको सिघ्र कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष यो र्बठक जोडदार माग गर्दछ ।

७. बदलिंदो परिस्थितिमा कार्य गर्न सक्ने गरी सदस्यहरुको क्षमता अभिबृद्घि गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ को दफा ११ (द) मा रजिष्टर्ड अडिटर्सको व्यवसायिक दक्षता अभिबृद्धि गर्न आवश्यक तालिम गोष्ठी र सेमिनार सञ्चालन गरिनेछ भनी गरिएको ब्यवस्था अनुरुप पेशागत दक्षता अभिबृद्घि सम्बन्धी अन्तरक्रिया, तालिम, कार्यशाला गोष्ठी, एवं प्रकाशनमा जोड दिई बिभिन्न थप कार्यक्रमहरु संचालनका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष यो बैठक जोडदार माग गर्दछ ।

८. नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट बिभिन्न लेखामान तथा लेखापरीक्षणमानहरू जारी भैसकेका छन् । उद्योगी, ब्यापारी तथा संघसंस्थाहरूले लेखामान अनुसार वित्तीय विवरण तयार गर्नु पर्दछ । लेखापरीक्षणमानका आधारमा लेखापरीक्षकले लेखापरीक्षण गर्नु पर्दछ तर उद्योगी ब्यापारीहरूले लेखामान अनुसार वित्तीय विवरण तयार नगरी रहेको अवस्थामा लेखापरीक्षकले गुणस्तरीय लेखापरीक्षण गर्नु चुनौतीपूर्ण बनेकोले यसको सचेतनाकालागी नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरु तथा सम्बन्धीत सवैमा सोको कार्यान्वयनका बिषेश ध्यानाकर्षण गराउन चाहन्छौं ।

९. लेखापरीक्षण गर्नकै लागी कतिपय संस्थाहरुमा सुचिकृत गर्नृुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेको पाईकोले सोको स्थायी समाधान गर्न तथा स्थानिय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भैसकेका सवै ऐन, कानुन, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रुपमा सोको समाधान गर्न हामी सम्बन्धीत सवैमा बिष्ेश ध्यानाकर्षण गराउन चाहन्छौं ।

१०. नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले यहि २०७६ श्रावणबाट NFRS for SMEs लागु भैसकेकोले सो को पुर्ण कार्यान्वयनको लागि सम्बन्धित सबै सरोकारवालामा यो बैठक हार्दिक अपिल गर्दछ ।

११. चीन लगायत बिश्वभर त्रासदीको रुपमा फैलिएको कोरोना भाईरसका कारण चीनको हुआन प्रान्तमा अध्ययनको क्रममा रहेका बिद्यार्थीहरु समेत १८० जनाले नेपाल फर्कन पांउ भनिएको अनुरोध अनुसार तुरुन्त नेपाल फर्काई उपयुक्त स्थानमा उपचार सहितको अस्थायी बसाईको व्यबस्था मिलाउन यो बैठक जोडदार माग गर्दछ ।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्