जनआन्दोलनका घाइते गिरी सम्मानित

दाङ– २०६२/०६३ को दोस्रो जनआन्दोलनका घाइते कृष्ण गिरीलाई सम्मान गरिएको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनका सहिद उमेशचन्द्र थापाको स्मृतिमा दाङमा आयोजित ‘गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान’ विषयक अन्तर्क्रिया कार्यक्रममा गिरीलाई सम्मानित गरिएको हो।

कार्यक्रममा प्रदेश–५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले अहिलेको व्यवस्था शहिदको बलिदानबाट आएको भन्दै यसको स्थायित्वका लागि सबै जिम्मेवारी हुनुपर्ने बताए।

सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हाे।

माघ २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्