बाराक र मिशेल ओबामाद्वारा निर्मित ‘अमेरिकन फ्याक्ट्री’ ले जित्यो ओस्कार अवार्ड

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मेशेल ओबामाको निर्माण कम्पनीले बनाएको चलचित्रले ओस्कार अवार्ड जितेको छ ।

बाराक एण्ड मिशेल ओबामाको प्रोडक्सन कम्पनी हाइयर ग्राउण्ड प्रोडक्सनले निर्माण गरेको वृतचित्र ‘अमेरिकन फ्याक्ट्री’ ले नेपाली समय अनुसार सोमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ‘बेस्ट डकुमेन्ट्री फिचर’ विधामा अवार्ड जितेको हो ।

अमेरिकाको ओहायो राज्यको डेटनमा रहेको उत्पादन कम्पनीको प्लान्टमा देखिएको सांस्कृतिक द्वन्द्वमा आधारिक रहेको ‘अमेरिकन फ्याक्ट्री’ सर्वोत्कृष्ट वृत्तचित्र बन्दै ओस्कार अवार्ड जितेको हो ।

बाराक र मिशेल ओबामाको प्रोडक्सन कम्पनीले बनाएको यो पहिलो वृत्तचित्र हो र यसमै उनीहरुले ओस्कार जस्तो प्रतिष्ठित अवार्ड पाएका हुन् । यो वृत्तचित्र नेट्फ्लिक्स मार्फत प्रदर्शनमा आएको थियो ।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्