सूर्य नजिक पुग्ने लक्ष्यसहित उड्यो सोलार अर्बिटर

सूर्यका बारेमा नयाँ जानकारी खोज्ने युरोपको सहासी प्रयास सुरु भएको छ । सूर्यलाई नजिकबाट अध्ययन गर्नका लागि सोलार अर्बिटर पठाइएको हो । यो अभियानको लागत एक अर्ब ३० करोड पाउण्ड स्ट्रर्लिङ्ग रहेको छ ।

सोलार अर्बिटरमा ठूलो संख्यामा क्यामरा र सेन्सरहरु जडान गरिएका छन् । ताराहरुको कामका सम्बन्धमा पनि यो अभियानले नयाँ जानकारी उपलब्ध गराउने वैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरु सूर्य तथा अरु ताराहरुको व्यवहारबारे बिस्तारित जानकारी हाँसिल गर्न चाहन्छन्।

अमेरिकाको फ्लोरिडामा रहेको केप कानाभरलबाट सोलार अर्बिटर केप कनार्भलबाट आइतबार टेकअफ भएको हो । युरोपियन स्पेस एजेन्सीले अमेरिकाको नासासँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्