सानेपामा पूर्वसचिवकी श्रीमतीको हत्या प्रयास, भान्सामा कामदारको शव

काठमाडौँ – पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ । ललितपुर महानगरपालिका–२ सानेपामा रहेको घरमै कार्कीमाथि आक्रमण भएको हो ।

सोमबार बिहान साढे ११ बजे घटना भएको हो । मुना घरको भान्छामा गम्भीर अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि सानेपा स्थित स्टार अस्पताल लगिएको छ ।

यस्तै डाइनिङ्ग टेबलमा उनीहरुको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका छन् । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । घटनास्थलमा पुगेको  प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ ।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्