पूर्वसचिवकी श्रीमतीको पनि मृत्यु, आक्रमणपछि कामदारले आत्महत्या गरेको आशंका

काठमाडौँ – सानेपास्थित आफ्नै घरमा गम्भीर अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको पनि मृत्यु भएको छ । स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनको घरमा कामदारका रुपमा कार्यरत २२ वर्षीय विजय चौधरी भान्साकोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मुनामाथि आक्रमण गरेपछि चौधरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । मुनाको हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएको थियो ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए । पूर्वसचिव कार्की बिहान पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएको हो ।

आफू पशुपति दर्शनका लागि गएका बेला घरमा यस्तो घटना भएपछि पूर्वसचिव कार्की विक्षिप्त बनेका छन् । उनी अब कहिल्यै पशुपति नजाने भन्दै बिलौना गरिरहेका छन् ।

कार्कीका दुई छोरी विदेशमा छन् भने एक छोरा काठमाडौँमै कक्षा पाँचमा अध्ययनरत छन् ।

माघ २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्